गृहजिल्ला झापाबाट ओलीको उद्घोष : विपक्षीले ९ गते पार्टी एकता गर्ने हल्ला फैलाए, अर्थतन्त्र कमजोर बन्ने प्रतिवेदनपनि आउदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपछि मात्र पार्टी एकता हुने स्पष्ट पार्नुभएको छ । झापा क्षेत्र नम्वर पाच अन्तर्गत ग्याल्डुवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकताको हल्ला चलाईएकोमा रोष समेत प्रकट गर्नुभयो ।

बाम गठबन्धनविरुद्ध लागेको शक्तिले यसकिसिमको भ्रम फिजाएको भन्दै उहाले निर्वाचन अगाडी एकताको कुनै योजना नभएको बताउनु भएको हो । एकताका विषयमा आफुलाई आज विहान मात्र संचारमाध्यम बाट थाहा भएको बताउदै अध्यक्ष ओलीले भन्नुभयो, “मैले प्रचण्डलाई फोन गरे, उहाले भन्नुभयो मैले सुनेको छैन, त्यसो भए अहिले सुन्नुहोस्, ९ गते तपाईहरुको र हाम्रो एकता हुदैछ रे नी, उहाले नि रमाएर हास्नुभयो । यो के हो यसकारण कि ९ गतेसम्म हल्ला गर्ने, २ पार्टी एकता ९ गते हुने, ९ गते हुने भनेर हल्ला गर्ने योजना रहेको बताउदै उहाले भन्नुभयो, हाम्रो योजना छैन है ९ गते तपाईहरुलाई भ्रम नहोस् । ९ गते होइन हामी चुनावपछि त्यो प्रक्रिया अगाडी बढाउछौं । अहिले चुनावमा लागेका छौ हामी, कुनै योजना छैन”, अध्यक्ष ओलीले अगाडी भन्नुभयो, “९ गतेसम्म हल्ला चलाउने अनि १० गतेदेखी भन्ने ,एकता गर्न सकेनन्, एकता गर्छौ भन्थ्ये गर्न सकेनन्, अब एकता यिनीहरुको भाडियो भनेर हल्ला फैलाउने । आफैले कथा बनाउने आफैले कथा बाचन गर्ने आफै कथा सुन्ने,” यो प्रपञ्च रहेको सुनाउनु भयो ।

 

उहाले केही अर्थशास्त्री भनाउदाले बाम गठबन्धनले जित्यो भने नेप्से परिसुचक घट्छ, सेयर कारोवार घट्छ, अर्थतन्त्रमा तरलता आउछ, अर्थतन्त्र घट्छ भनेर फेक दस्तावेजको तयारीमा रहेको बताउनु भयो । उनिहरुले अब केही दिनमै सो प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको ओलीको भनाई छ । उहाले देशको विकासका लागी बाम गठबन्धन भएको बताउदै यसले मुलुकको मुहार फेर्ने स्पष्ट पार्नुभयो । देश अव विकासको बाटोमा बढ्यो, बढ्यो, यो कसैले पनि रोक्न नसक्ने बताउनु भयो । अध्यक्ष ओली आज र भोली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा व्यस्त रहनु भएको छ ।