लर्डसमा सानदार जीतको प्रतिक्षामा नेपाल

lord's cricket groundशिब भण्डारी

लन्डन- बेलायतवासी नेपालीहरुको लागि मंगलबार एक बहुप्रतिक्षित दिन हो ।

खेलाडीका रूपमा क्रिकेटको मक्का मैदानकारुपमा चिनिएका लर्डमा नेपाल ऐतिहासिक जीतको प्रतिक्षामा छ । नेपाली क्रिकेट टिम पहिलो पटक एमसीसीसँग मैत्रीपूर्ण खेलको संघारमा उभिएको छ ।

अर्को महिना नेदरल्यान्ड्समा हुने च्याम्पियनसिपको खेलका लागि लन्डनमा रहेको नेपाली क्रिकेट टिम जीत निकाल्ने सुरमा छ । नेपालले यसअघिका चार अभ्यास खेल जितिसकेको छ। नेपाली टिमका प्रशिक्षक जगत टमाटा एवं कप्तान पारस खड्का भने एमसीसीसँगको खेल भने चुनौतिपूर्ण रहेको बताउँछन् ।

नेपाल ब्रिटेन कूटनीति स्थापनाको २ सय वर्ष पुगेको उपलक्ष्यमा यो खेल आयोजना भएको हो । त्यसैले नेपाल र ब्रिटेनबीच क्रिकेटले एउटा पुलको काम गरेको छ ।

यसैबीच आयोजकले क्रिकेट मैदानसम्म पुग्ने व्यवस्था गरेको छ ।

आयोजकका अनुसार १२० जना स्वयंसवेकले दर्शकलाई विभिन्न सहयोग गर्नेछन् ।

नर्सिङ एसोसिएसन यूकेकी प्रसुना कँडेलको नेतृत्वमा बेकर स्ट्रिट स्टेशनमा करिब १५ जना र सेन्ट जोन्स् उड स्टेशनमा टियर वान इन्टरप्रेनरका तर्फबाट शालिक सापकोटाको नेतृत्वमा १५ जना स्वयंसेवक बाटो देखाउन र अन्य गाइड गर्न रहनेछन् ।

गेटमा टिकेट किनिदिन एवं भित्र पठाउन सहजकर्ताका रुपमा मगर संघका बम थापा मगर, एचएसएमपीका दीप गिरी र तमुधिंका ज्ञाम गुरुङको नेतृत्वमा ३० जना, खेल मैदानको चारै तिर र नजिकको बस स्टेशनमा करिब २० जना र विशेष स्वंयसेवकका रुपमा लर्डससंगको सहकार्यमा खेल मैदान भित्र वरपरका लागि संयोजक कृष्ण प्रसाद शर्माको नेतृत्वमा १३ जना एवं युवा परिचालन समितिका सदस्य समिर गुरुङको नेतृत्वमा अन्य २ दर्जन भन्दा बढि स्वयंसेवक परिचालित हुनेछन् । खेल समाप्त भएपछि बेलुका पनि पुन: तिनीहरुबाटै सहयोग हुनेछ ।

पेभिलियनबाहेक सर्वसाधारण दर्शकले क्रिकेटकै लोगो अंकित जर्सी वा अन्य टिसर्ट र सफ्ट जिन्स लगाएर खेल हेर्न सक्ने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । फेन्सी ड्रेस, झन्डा वा ब्यानर भने ग्राउण्ड भित्र प्रतिवन्ध छ ।