काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ ।
प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी राखेकाले प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित हुने सम्भावना बढेको हो । संसद अवरोध जारी रहे कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन असहज हुनेछ ।
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयमा सरकार नबनेको अवस्थामा दलहरूको आग्रहमा उनले पुनः सहमतिको सरकार गठनकै लागि क्रमशः पाँच र तीनदिन समय थप गर्न सक्नेछिन् ।
राष्ट्रपतिले सहमति नजुटेको खण्डमा सिधै बहुमतको प्रक्रिया थाल्न आह्वान गरे पनि २१ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने सम्भावना छ ।
तर, एमालेले आफ्ना माग पूरा नभएको भन्दै सदन अवरोध जारी राखेमा प्रधानमन्त्री चयनको प्रक्रिया पछाडि धकेलिने छ ।






