‘जिगिषा नाटक स्कटल्यान्डमा मञ्चन

लन्डन– वास्तविक जीवानमा आधारित यथार्थपरक नेपाली परिवेशमा आधारित नाटक ‘जिगिषा’ बेलायतमा मञ्चन गरिएको छ ।

स्कटल्यन्डको एसेम्बली रोक्सी थिएटरमा मार्च २७ मा उक्त नाटक मञ्चन भएको हो । नाटककार सनमकुमार बैरागको लेखन तथा निर्देशन रहेको उक्त नाटकमा ध्रुब दत्त ,सुरेश श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापाको मुख्य भूमिका रहेको छ ।

gigisaनेपाल स्कटल्यान्ड युथ ग्रुपले आयोजना गरेको नाटकको कार्यक्रम संयोजन विजय डंगोलले गरेका थिए ।

२ सय क्षमताको थिएटरमा देखाइएको नाटक हाउस फुल भएको डंगोलले बताए ।

‘जीगिषा’मा नेपालमा हुने गरेका र भइरहेका माहिला र पुरुषबीचको भेदभाव र जनयुद्धताका घटेका घटनालाई विषयवस्तु बनाइएको छ ।