बजेट पारित गर्न प्रधानमन्त्रीको राजीनामा शर्त

kp oli pmकाठमाडौं- माओवादीले सम्बन्धित तीनवटा पूरक विधेयक पारित गर्न प्रधानमन्त्रीको राजीनामालाई शर्त बनाएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै माओवादी नेता कृष्णबहादुर महराले बिहीबारसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अर्को सरकार गठनपछि मात्रै बजेटका बाँकी विधेयक अनुमोदन गर्ने बताए।

एमाले भने तत्काल सरकारबाट नहटी अविश्वासको प्रस्तावको सामना गर्ने मनस्थितिमा देखिन्छ । ‘यदि उहाँले राजीनामा गर्नुभएन, अविश्वासकै प्रस्तावको सामना गर्ने तहमा जानुभयो भने आगामी सरकारले नयाँ ढंगले यो बजेटलाई टुङग्याउनेछ,’ उनले भने ।

अर्थमन्त्री विष्णु पौडेलले भने महराको भनाइप्रति कडा आपत्ति जनाए । ‘बजेट पास नगरेर एमालेलाई के दवाव पुग्छरु एमालेले आफ्नै लागि बजेट ल्याएको त होइन होलारु,’ उनको प्रश्न थियो ।