लन्डन– बेलायतस्थित नेपाली समुदायले खुबै प्रतिक्षा गरिरहेको आगामी जुलाई १९ को एमसीसी (मार्लेबोन क्रिकेट क्लव) भर्सेज नेपाल क्रिकेट खेलको तयारी अन्तिम चरणमा पुगेको छ ।
तयारीबारे अन्तिम बैठक साँझ लन्डनस्थित नेपाली दूतावासमा बस्ने जानकारी खेलका लागि मिडिया जनसम्पर्क अधिकृत एभरेष्ट गौतमले जानकारी दिए । बैठकमा आयोजक समितिका पदाधिाकरी एवं सदस्यहरुसहित नेपाल पत्रकार महासंघ बेलायत प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ ।
खेल सफल बनाउन नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड यूकेसहित बेलायतका कयौं संघसंस्था जुटिरहेका छन् । प्रचार प्रसार समिति संयोजक नेपाल पत्रकार महासंघ, बेलायतका सल्लाहकार एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेलले इभेन्ट पब्लिसिटीमा कुनै कमी हुन नदिइएको जनाए ।
क्रिकेट टोली १२ जुलाईमा लन्डन उत्रंदै मैत्रीपूर्ण खेल खेल्न नेपाली क्रिकेट टोली १२ जुलाईमा लन्डन उत्रने भएको छ ।
लन्डन आएपछि उनीहरु १३ तारिखका दिन नेपाली टिमले जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछन् र त्यही दिन बिहान साढे दश देखि साँझ ५ बजेसम्म फ्रि फरेस्टरसँग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।
त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि साढे ७ बजेसम्म जिमखानासँग टि ट्वान्टी खेल हुने बताइएको छ ।
नेपाली टिमले १५ जुलाई बिहानदेखि स्ट्यानमोर क्रिकेट क्लवसँग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसँग ५० ओभरको म्याच खेल्नेछन् भने १८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ ।
कप्तान पारस खड्काको नेतृत्वमा १५ खेलाडी लन्डन आउँदैछन् । लन्डन आउने टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगर छन्







