सिड्नी । अष्ट्रेलियाले अमेरिका देखि प्रशान्त महासागर पार गरी आएका परेवालाई मारिदिने भएको छ । ‘रेसिङ्ग परेवा’ भनेर चिनिने एक परेवा प्रशान्त महासागर हुँदै १३ हजार किमी यात्रा गरी अमेरिकादेखि अष्ट्रेलियामा बास खोज्दै आएको थियो । यहाँका सरकारी अधिकारीहरुले ‘क्वारेन्टीन रिस्क’ भएको भन्दै उक्त परेवालाई मारिदिने भएकोे हो । डिसेम्बर २६ मा मेलवर्न आएको एक परेवा अमेरिकामा अक्टोबर २९ देखि देखा परेको थिएन ।
उक्त चरामार्फत अष्ट्रेलियामा चराजन्य रोग भित्रन सक्ने भएकोले मारिदिने निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । ‘जो’ नाम गरेको उक्त चराको खोजी कार्य समेत तिव्र पारिएको थियो । अहिले उक्त चराको खोजीमा तालिमप्राप्त मानिसहरु खटाइएको छ ।
यसअघि २०१५ मा अष्ट्रेलियाले ‘यार्कशायर टेरियरहरु पिस्टल र बू’लाई पनि मारिदिने धम्की दिएको थियो । तर ती चराहरुलाई भने हरिउड स्टार जोनी डेपले फिर्ता लगेका थिए ।
तस्वीर-smh.com.au






