तमु धिं लन्डन इकाईको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्‍याे महत्वपूर्ण निर्णयहरु

लण्डन । तमुधिं लण्डन इकाईको नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । इकाईका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा सम्पन्न भएको पहिलो भर्चुअल बैठकले संस्थाको बरिष्ठ सल्लाहकारमा बार्नेट बरोका उपमेयर लक्ष्य बहादुर गुरुङलाई मनोनयन गरेको छ । त्यसैगरी महिला तर्फबाट समाजसेबी युवा गुरुङ तथा बेलायत भित्र रहेका विभिन्न सँघ संस्थाका अध्यक्षहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

एनआरएनए यूके गोेर्खाज टास्क फोर्स संयोजक समेत रहेका घोण्डे कोने घोताने समाज यूकेका अध्यक्ष अनेरी लेप्टेन चन्द्र बहादुर गुरुङ, बीसीसी यूके लण्डनका अध्यक्ष गमरसिंह गुरुङ, आमा समुह अध्यक्ष अन्तिम गुरुङ, चारभन्ज्याङ तमु समाज युके अध्यक्ष मदन गुरुङ, डिएसयूके अध्यक्ष हर्क बहादुर गुरुङ, लमजुङ तमु परिवार हंस्लोका अध्यक्ष देवि प्रसाद गुरुङ, बीजीएनए अध्यक्ष देउ बहादुर गुरुङ, सोंपाल समाजका अध्यक्ष युक्त बहादुर गुरुङ, सोंपाल समाजका संस्थापक अध्यक्ष बिजय गुरुङ , भुम्दिकोट युके समाजका उपाअध्यक्ष राम बहादुर गुरुङ, प्हे ल्हु संघ यूकेका महासचिब भेगलाल गुरुङ, जित गुरुड (पच्यहु चिबा)  हिरा गुरुड (क्याप्री चिबा) बीसीसी यूकेका उपाअध्यक्ष हर्क बहादुर गुरुङ, रि. मेजर राम प्रसाद गुरुङ, तमु बौद्व सेवा समिति नेपाल क्या. रि. रामकाजी गुरुङ पुर्व अध्यक्ष तमुबौद्ध सेवा समिति नेपाल, गोर्खा स्मारक, गोरखा म्युजियम नेपालको अभियन्ता, तमु छोंजा धीं नेपालक संस्थापक अभियन्त रि. क्या. एकनारायण गुरुङ, दुर्लुङ समाज युकेका पुर्वअध्यक्ष समाजसेवी जुवारी लाला गुरुङ, गोरखा सत्यग्रह संघर्ष समिति यूकेका सहसंयोजक टक बहादुर गुरुङ, पिपल मोर्गेजका डाईरेक्टर सुर्य गुरुङ, एसइआरटिइका उपाध्यक्ष पार्वती गुरुङ, हंगकंग नेपाली मन्च युकेका कोषाध्यक्ष उमादेवा गुरुङ लगायत सल्लाहकारमा चयन भएका हुन् ।

कार्यक्रममा अन्तरसमाज समन्वय संयोजक डिलमाया गुरुङ र उपाध्यक्ष भरत गुरुङले मन्तव्य व्यक्त गर्दै संंस्थाको सल्लाहकारमा नियुक्त भएका सबैलाई धन्यवाद दिदै आगामी दिनमा संगै मिलेर इकाईलाई अघि बढाउनुपर्ने बताए ।ट्रस्टिज ले. नारायण प्रसाद गुरुङ, ट्रष्टिज डेबिड गुरुङ, क्या. प्रेम बहादुर गुरुङ र नयॉं सल्लाहकार क्या. रामकाजी गुरुङ, क्या. एकनारायण गुरुङ , जुवारीलाल गुरुङ लगायतले बोल्दै आफुलाई उक्त जिम्मेवारी दिएकोमा तमुधीं लण्डन इकाई प्रति आभार व्यक्त गर्दे आगामी दिनमा संस्थालाई बलियो बनाउँदै जााने र परोपकारी काममा जुट्ने बताए ।

बार्नेट बरोका उपमेयर  लक्ष्य बहादुर गुरुङले अहिलेकोे विषम परिस्थितीमा भाषागत समस्याको कारण धेरै नेपाली समुदायले बेलायतमा समस्या भोगिरहेको भन्दै तयसप्रकारका समस्यामा साथ दिनको निम्ती सबै जुट्नुपर्ने बताए । यहाँ रहेका वृद्धवृद्धाहरुमा बढी भाषाको समस्या हुने भएकोले उहाँलाई मद्धत गर्र्न सकिने उपायको बारेमा प्रष्ट पार्दै बेलायत सरकारको पछिल्लो अपडेटहरु जानकारी गराएको इकाईका मिडिया सेक्रेटरी सुशिल गुरुङले जानकारी दिए ।

उपाध्यक्ष भरत गुरुङको स्वागत मन्तव्य रहेको सो बैठकको सञ्चालन महासचिब विकास गुरुङ (रक)ले गरेका थिए ।