तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा आजबाट लकडाउन खुकुलो बनाइएको छ । झन्डै डेढ महिना लामो लकडाउन आज शुक्रबारबाट खुकुलो बनाउने घोषणा सरकारले गरेको हो । न्यू साउथ वेल्स राज्यमा लकडाउन खुकुलो भएसँगै रेस्टुरा र पब खुल्ने भएका छन् । रेस्टुरा र पब खुलेसँगै धेरैले राहत महसुस गरेका छन् । सबैभन्दा धेरै आप्रवासी श्रमिकहरु रेस्टुरा र पबमा इन्गेज छन् ।
न्यू साउथ वेल्स राज्यमा आजदेखि खुलेका रेस्टुराहरु १० जनाभन्दा बढी बस्न पाइँदैन । रेस्टुरेन्ट जति ठूलो भए पनि एक पटकमा १० जनाभन्दा बढी बस्न खान नपाउने नियम सरकारले बनाएको छ । सरकारले निर्देश गरेको नियम व्यवसायीले अनिवार्य पालना गर्नुपर्ने छ । आप्रवासीहरु रेस्टुरेन्टमा काम गर्ने भएकाले लकडाउन खुलेसँगै धेरैले राहत महसुस गरेका छन् । एनएसडब्लुमा अप्रिल महिनायता २ लाख २१ हजारले रोजगारी गुमाएको तथ्यांक छ । रोजगारी गुमाएका ठूलो संख्या काममा फर्किने आशा एनएसडब्लुकी मेयर ग्लाडी बेरेजेक्लिनले गरेकी छन् ।
मेयर बेरेजेक्लिनलले अहिलेसम्म पर्ख र हेरको अवस्था रहेको बताएकी छन् । उनले भनिन्, ‘सामान्य अवस्था आउँदै गए विस्तारै खुल्दै जानेछ । हेरौं अवस्था कस्तो हुन्छ, व्यवस्था क्षेत्रका व्यक्तिसँगको छलफलपछि आर्थिक गतिविधि चलायमान बनाइने छ ।’
पछिल्लो पटक न्यू साउथ वेल्स राज्यमा १४ मेमा १२ हजार २ को कोरोना परीक्षण गरिएको थियो, त्यसमध्ये ८ जना नयाँ संक्रमित फेला परेका थिए । नयाँ संक्रमित ८ मध्ये ५ जनालाई क्वारेन्टाइमा राखिएको थियो । सिड्नीको पूर्वी भाग बोन्डाइमा एकजना वेभर्ली क्षेत्रमा एकजनामा सार्वजनिक स्थलबाट सरेको थियो । उनीहरुमा कहाँबाट स¥यो भन्ने कुरा अनुसन्धान भइरहेको छ । संक्रमितमध्ये १ सय ३ जना अस्पतालमा छन्, त्यसमध्येका ७ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अष्ट्रेलियामा अहिलेससम्म ३ हजार ६३ मा कोरोना संक्रमण देखिएको छ भने ४५ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको संक्रमण दर नियन्त्रणमा आएसँगै राज्यले लकडाउन खुकुलो पारिएको हो ।
पहिलो चरणमा खुलेको लकडाउनमा १० जनासम्म सार्वजनिक स्थलमा भेला हुन पाउने छन् भने ५ जनासम्म नातेदारको घरमा जान पाउने छ । त्यसैगरी विद्यार्थीहरु हप्तामा कम्तिमा १ दिन स्कुल जानु पर्नेछ, जुनको प्रारम्भदेखि स्कुल पूर्णरुपमा सुचारु हुनेछ सम्भावना छ। त्यस्तै विवाहमा १० जना पाहुना सहभागी हुन पाउनेछन् भने मृत्यु संस्कारका लागि खुल्ला ठाउमा २० जनासम्म जम्मा हुन पाइने गरी खुकुलो नियम लागू गरिएको छ । अनावश्यक घुमफिर नगर्ने, भीडभाडमा नजाने, हाते धुने, सेनिटाइजर प्रयाग गर्ने र निजी स्वास्थ्यको ख्याल गर्नुपर्ने अब सर्वसाधारणको दिनचार्य हुनेछ ।






