संविधानसभाको बैठक स्थगित

सम्वाद समितिको प्रतिवेदन टेवुल गर्दै संविधानसभा बैठक स्थगित भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ १ गतेसम्मका लागि स्थगित गरेका छन् । जेष्ठ सदस्य सूर्यबहादुर थापाबाट संवाद समितिको प्रतिवेदन पेश भएपछि वैठक स्थगन भएको हो । सम्वाद समितिका सभापति डा. भट्टराई बैठकमा नगएपछि  थापाले पेश गरेको हुन् ।  विहान ११ बजे तय गरिएको संविधानसभा बैठक अ१२ बजेपछि सुरु भएको हो ।
सत्तासिन दलका सभादहरु कोही १० बजे नै पुगिसकेका थिए भने कोही ढिला पुगे । आज अरु दिनको भन्दा सभासदको संख्या बढी थियो । संविधानसभा भवन नयाँबानेश्वर पुगेका सभासदहरु घाम तापेर बसेका थिए । एमाओवादी, मधेसी मोर्चा लगायतका विपक्षी दलका कुनै पनि सभासद सहभागी छैनन् । उनीहरुले बैठक स्थगन गर्न माग गरेका छन् । स्थगन नभए बहिष्कार गर्ने बताएका छन् । बन्द उल्लंघन गर्दै संविधानसभा भवन पुगेका संवाद समितिका सभापति डा. बाबुराम भट्टराई पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाए फर्किए ।