सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा–एमालेले एकीकृत माओवादीसहितका विपक्षी दलहरुले गरेको बन्द ‘संविधानसभा र संविधान विरोधी’ रहेको ठहर गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार बिहान बसेको बैठकले बन्दलाई ‘अनुचित र जनविरोधी कदम’को संज्ञा दिएको छ ।
बैठकले कांग्रेस–एमालेले एकीकृत माओवादी संविधान बनाउन छाडेर बन्द र हड्तालमा उत्रेकाले अब संविधानसभालाई विधि र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी सहभागी भए पनि नभए पनि संविधान जारी गर्न प्रक्रिया थाल्नुपर्ने बताए ।
यसैबीच, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समितिको प्रतिवेदन सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । दलहरुबीच विवादित मुद्दामा सहमति नजुटेकाले आजै बस्ने संविधानसभाको बैठकमा संविधान लेखन कसरी अगाडि बढाउने भनेर ठोस कदम चालिने बताइएको छ । सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने बताइएको छ ।
बाबुरामले प्रतिवेदन बुझाए






