क्रिस्टियानो रोनाल्डो लगातार दोस्रोपटक बालोन डि’ओर को उपाधी जित्न सफल भएका छन् । रियल मेड्रिडका स्ट्राइकर रोनाल्डो उपाधी जित्दै विश्व वर्ष खेलाडी बनेका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसी तथा जर्मनी ब्रायनम्युनिखका गोलरक्षक म्यानुअल नुयुरलाई पछि पार्दै लगातार दोस्रो पटक लगातार उपाधी जितेका हुन् । योसँगै रोनाल्डो ३ पटक वर्ष खेलाडी बन्न सफल भएका छन् ।
रोनाल्डोले ३७ दशमलब ६६ प्रतिशत मत प्राप्त गर्दै सन् २०१४ को बालोनडि’ओर को उपाधी पाएका हुन् । यसअघि चार पटकका विजेता बार्सिलोनाका लियोनल मेसी १५ दशमलव ७६ प्रतिशत मत पाई दोस्रो स्थानमा छन् । उनी जर्मन गोलरक्षक नुयुर भन्दा केही मतले मात्रै अगाडि रहे । तेस्रो स्थानमा रहेका नुयुरले १५ दशमलब ७२ प्रतिशत मत पाए ।
फ्रान्सका पूर्व स्ट्राइकर थेरी हेनरीको हातबाट अर्वाड लिएका रोनाल्डो केहि भावुक भए । अवार्ड लिए पछि २९ वर्षिय उनले भने ‘ सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई भोट दिनुभयो, मेरो प्रशिक्षक रियल मड्रिड सबैलाई धन्यवाद । यो वर्ष मेरा लागि अविस्मरणीय रहनेछ । यो उपाधी जित्नु वास्तवमै फरक छ’ ।
रोनाल्डोले वर्ष २०१४ मा ४३ खेलमा ५२ गोल गरे भने १७ गोलका लागि सहयोग गरेका थिए । यस्तै जर्मन मिड फिल्डर नोडिने किस्लेर महिला वर्ष फुटवल खेलाडी भईन । कोलम्बियाका जेम्स रोड्रिग्वेजले ब्राजिल विश्वकपमा उरुग्वे विरुद्ध गरेको गोल, गोल अफ द एयर घोषित भयो । विश्व विजेता जर्मनीका ज्योचिम लो वर्ष प्रशिक्षक घोषित हुँदा उल्फस्वर्गका राल्फ केलरमन वर्ष महिला फुटबल घोषित भए ।
रोनाल्डो दोस्रोपटक वर्ष खेलाडी






