साताको पहिलो दिन सुन उकालो लाग्यो

काठमाडौ, पुस २७– साताको पहिलो दिन आइतबार सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतिलाको ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार सुन तोलामा चार सय रुपैयाँले घटेर ५१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । गत साताभरमा सुनको मूल्य केही घटेको थियो । यो साता भने सुनको मूल्यले उकालो लाग्ने संकेत देखाएको छ ।

आइतबार चाँदीको मूल्यमा भने कुनै परिवर्त भएको छैन् । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोलाको सात सय रुपैयाँमा कारोबार भएको थियो ।