प्रलयकारी भुकम्पपीडितलाई बाँड्न भारतस्थित नेपाली दुतावासले किनेर पठाएको ५० लाख बराबरको त्रिपाल जोरपाटीमा रहेको एक नीजि गोदाममा भेटिएको हो ।
नेपाली बजारमा त्रिपालको अभाव भएपछि सरकारले भारतस्थित नेपाली दुतावासलाई किनेर पठाउन निर्देशन दिएको थियो नेपाली दुतावासले पठाएको ५ लाख रुपैंयाँ बराबरको ४७३ प्याकेट त्रिपाल जोरपाटीस्थित एक व्यक्तिको गोदाममा भेटिएपछि सुरु भएको अनुसन्धानले बिभिन्न तहमा आशंका जन्माएको छ ।
बौद्ध प्रहरीका प्रमुख डीएसपी नरहरी रेग्मीले भने, ‘ ३७१ प्याकेट मात्रै त्रिपाल भेटियो, बाँकी १०२ प्याकेट हराइरहेको पायौं ।’ त्यसपछि तत्कालै अनुसन्धान क्रममा पक्राउ गरेर सिन्धुपाल्चोक, थकनी–८ मुलघर भएका शेर्पालाई पक्राउ गरेर बौद्ध प्रहरीमा राखिएकोमा उनी पनि मंगलबार आएको दोस्रो ठूलो भुकम्पको हताहत स्थितीमा थुनाबाट भागेका छन् ।







