कतारबाट संविधान निर्माणका लागि दबाब

दोहा । तोकिएको समयभित्र माघ ८ मा संविधान जारी गर्न कतारका नेपाली पत्रकारहरुले सरकारलाई दबाब दिएका छन् । दबाब अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ कतार शाखाले दबाबमुलक अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

“नेपाली जनतासँग गरेको वाचा नतोडौ, २०७१ माघ ८ भित्रै संविधान जारी गरौ” भन्दै नेपाल पत्रकार महासंघले देशैभरका देश विदेशका शाखाहरुलाई निर्देशन दिएअनुसार कतार शाखाले पनि संविधान निर्माणका लागि दबाब अभियान चलाएको हो ।

कतारमा स्थापित नेपालका राजनैतिक दलहरुका प्रवास संगठनहरुका प्रमुखहरुसहित कतारमा क्रियाशील पत्रकारहरु, संघ/संस्था, समाजसेवी, बुद्धिजिवीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा तोकिएकै समयमा संविधान जारी नगरिए राजनीतिक दलहरुप्रतिको पटक पटकको विश्वास गुम्ने बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको राजनैतिक दलका प्रवासमा स्थापित संगठनले संविधान निर्माणबारे दलगत धारणाहरु राखेका थिए । नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्रे, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र नेपाली संघीय समाजका अध्यक्ष चन्द्रशेर राईले आ-आफ्ना दलका अवधारणा सुनाउँदै आफूहरु पनि तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने पक्षमा रहेको बताए ।

पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका सचिव मोहम्द अजिज अलीले गरेका थिए ।

कार्यक्रममा सहभागीहरु मध्येवाट तीलबिक्रम थेवे, शन्नी वली, युवराज पाण्डे, होम कार्की, ईन्द्रमणी नेपाल, श्यामकुमार डाँगी, श्रीकृष्ण भट्टराई, करिमबक्स मिँया, मक्सुद आलम, भुपराज दवाडी, देवराज अवस्थी, विनेश तामाङ्ग, ओम दुलाल, रेखा राई, धिरज चाम्लिङ्ग लगायतले जिज्ञासा राखेका थिए ।