काठमाडौ–नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । दुई वटा गैडाको चित्र रहेको नयाँ नोटमा गभर्नर डा.चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
विगका नोटमा एउटा मात्र गैडाको चित्र हुने गरेकामा अहिलेकोमा माउ र र बच्चा गैडाको चित्र राखिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाइएको छ ।
त्यसैगरी नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ । नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिने, ढल्काएर हेर्दा हरियो र उज्यालो प्रकाशमा हेर्दा भने पारदर्शी देखिने वनाइएको छ । यसमा अंग्रेजी अक्षर एनआरबी र १०० लेखेको देखिन्छ ।
त्यसैगरी अशोक स्तम्भको चित्र र दृष्टिविहीनलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला राखिएको छ ।
नोटको पानी छापमा पहिले जस्तै लालिगुराँसको फोटो छ भने फिट मेडल फिचरमा भने मायादेवीको चित्र राखिएको छ । नोटको बोर्डरमा नेपालीमा वि.सं. २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ ।






