शैक्षिक योग्यताको मापदण्ड नयाँ शक्तिले हटायो

naya shaktiकाठमाडौं- शैक्षिक योग्यताको मापदण्ड नयाँ शक्ति नेपालले तत्काललाई हटाएको छ ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले सोमबार सुरु भएको छलफल सत्रमा प्रतिनिधिहरुको समूहगत छलफलका क्रममा यो विषय उठे पनि तत्काल कुनै निर्णय नहुने जानकारी दिए । उनले शैक्षिक योग्यतासम्बन्धी विषयमा तत्काल कुनै निर्णय नहुने बताए ।

यसअघि सोमबार भएको छलफल सत्रमा विभिन्न समूहको छलफलमा शैक्षिक योग्यतासम्बन्धी बहस भएको केन्द्रीय परिषद सदस्य निर्मल भट्टराईले जानकारी दिएका थिए ।

यसैगरी नयाँ शक्तिले नयाँ केन्द्रीय समिति चयन नगरी राष्ट्रिय भेला टुंग्याउने निर्णय गरेको छ । मंगलबार बिहान राजधानीमा बसेको सचिवालय बैठकले विधान, संगठनात्मक दस्तावेज पनि अहिले अनुमोदन नगरी जनताको बीचमा छलफल गर्न पठाउने, त्यसको सहजीकरणका लागि टोलीहरु घोषणा गर्ने, आगामी महाधिवेशनबाट सुझाव तथा परिमार्जनसहित अनुमोदन गर्ने देवकोटाले बताए ।

देवकोटाले हालकै ४ सय ९९ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्लाई महाधिवेशन आयोजक समितिमा बदल्ने, नयाँ केन्द्रीय समिति नबनाउने समेत निर्णय भएको बताए ।