भार्सेली समाज यूकेको साधारणसभा सम्पन्न, आगलागी पीडितलाई सहयोग

image
लन्डन- भार्सेली समाज यूकेको साधारणसभा सम्पन्न भएको छ ।

मे द्द८ मा बेलायतवासी भार्सेलीहरुको साझा संस्था ‘भार्सेली समाज यूके’ले टनब्रिजमा वार्षिक भेटघाट तथा साधारणसभा आयोजना गरेको हो । साधारणसभाको उदघाटन ज्येष्ठ सल्लाहकारद्वय के.री. रुमबहादुर पुन र दिलबहादुर रानाले पानसमा दीप प्रज्जवन गरेर गरेका थिए ।

संस्थाका सचिव छत्र श्रीषले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष के.रि. मेख गलामीले गरेका थिए ।

साधारणसभामा आर्थिक प्रतिवेदन प्रेम बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य र सभा विसर्जन उपाध्यक्ष के.रि. कुलबहादुर थापाले गर्नुभएको थियो ।

गुल्मी जिल्ला समाज यूकेका नवनिर्वाचित अध्यक्ष राम गलामीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रथम नौमती बाजा गुल्मी युके प्रमुख संयोजक ओमप्रसाद थापा, टनब्रिज नेपाली कम्युनिटीका अध्यक्ष के.रि मोहन राना, सचिव भेष थापा, टनब्रिज लेडिज नेपाली कम्युनिटीका अध्यक्ष शिला रानालगायत अतिथि हुनुहुन्थ्यो ।

साधारणसभामा विभिन्न संघ संस्था तथा व्यक्तिगतरुपमा संकलित ४ लाख ३५ हजार रुपैयाँ बराबरको सहयोग गुल्मीको भार्से- १ का गंगाबहादुर थापा मगरको परिवारलाई हस्तान्तरण गरिएको छ । वैशाख २१ गते आगलागीपीडित मगरका सासु क्यान्सरपीडित छिन् । यसैगरि स्थानीय हुलाक कार्यालयलाई ५५० पाउण्ड र थाप्ले युवा क्लवलाई ५०५ पाउण्ड हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।

image