लण्डन । गए राति भएको फाइनलमा मड्रिडको आफ्नै सहरको टिम एथ्लेटिको मड्रिडलाई क्रिष्टियानो रोनाल्डोको विजयी पेनाल्टीको प्रहारले पेनाल्टीमा ५–३ ले हराउँदै रियल मड्रिडले ११ पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।
यो पेनाल्टी रोनाल्डोको जीवनकै सबैभन्दा महत्त्वपूर्ण पेनाल्टी थियो। उनको यो तेस्रो व्यक्तिगत च्याम्पियन्स लिग विजय हो ।
जिदाने च्याम्पियन्स लिग जीतउने पहिलो फ्रान्सेली मनेजर हुन् भने एथ्लेटिको मड्रिडको लागि यो तेस्रो युरोपेली कप / च्याम्पियन्स लिग फाइनलको हार हो।
रियल म्याड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको सुन्दर गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीलाई एन्टोनिओ ग्रिजम्यानले गोलमा परिणत गर्न सकेनन् । खेलको ७९ औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्काउन सफल भयो ।
यसअघि नै १० पटक च्याम्पियन्स लिगको उपाधि जितेको मड्रिडले गएराति मिलानमा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो।
सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो । एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके र ४-३ ले पछि पर्यो। त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे ।
रियल म्याड्रिडले पहिलो पाँच संस्करणहरू १९५६ र १९६० को बीच, त्यसपछि १९६६ , १९९८ , २००० , २००२ , २०१४ र २०१६ गरि ११ औ पटक जित्यो।मड्रिडले आन्तिम ३ च्याम्पियन लिगको उपाधिमा २ जित हात पारी सबै भन्दा बढी पटक च्याम्पियन लिगको उपाधि जित्ने रेकर्ड राखेको छ ।







