
लन्डन– यती नेपाली एसोसिएसनको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ ।
मे २८ मा हुने महाधिवेशनमा इच्छुक सदस्यलाई सक्रिय सहभागिता जनाउन एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, प्रमुख निर्वाचन संयोजक राजकुमार त्रिपाठी र संयोजक शिव भण्डारीद्वारा संयुक्त जारी विज्ञप्तीमा जनाइएको छ ।
सदस्यता फारम कार्यसमिति वा निर्वाचन समितिबाट प्राप्त हुने जनाइएको छ । सदस्यता फारम भरेर मे २८ सम्म बुझाउन अपिल गरिएको छ ।
सदस्यताको अन्तिम नामावली मे २८ दिउँसो १२ बजे प्रकाशन गरिनेछ । उम्मेदवारी दिउँसो १ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध साढे १ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली पौने २ बजे प्रकाशन गरिएको छ ।
कार्यसमिति चयनका लागि दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन र ५ बजेपछि मतगणना हुने बताइएको छ । निर्वाचन परिणाम घोषणा मतगणना समाप्त भएलगत्तै हुने जनाइएको छ ।






