बन्द सत्र भने भृकुटीमण्डपमा गरिने
काठमाडौं- नेपाली काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह खुला मञ्चमा हुने भएको छ।
काँग्रेस पदाधिकारीको आइतबार सिंहदरबारमा बसेको बैठकले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने निर्णय गरेको मञ्च व्यवस्थापन समितिका संयोजक नविन्द्रराज जोशीले जानकारी दिए।
मञ्च व्यवस्थापन समितिले यसअघि दशरथ रंगशालामा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो। तर रंगशालाभन्दा खुलामञ्च बढी सुरक्षित र उपयुक्त भएको पदाधिकारी बैठकको निष्कर्ष छ।
बैठकले महाधिवेशनमा मतदानका लागि विद्युतीय उपकरण प्रयोग गर्ने/नगर्ने बारेमा भने कुनै निर्णय गरेन।






