लन्डन– बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमणको निमन्त्रणा दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।
काठमाडौंमा रहेका नेपाली उद्यमी तथा पर्यटन बिज्ञ राजाराम गिरीले समन्वयनकर्ताका रुपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा तयारी समिति संयोजक गिरीले प्रधानमन्त्री ओलीलाई ‘हामी बेलायतमा रहेका नेपालीहरुले नागरीकका तर्फबाट बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेका छौं, अब नेपाल सरकारले प्रधानमन्त्री क्यामरुनलाई भ्रमणको औपचारीक पत्र पठाएर दुइ देशको कुटनैतिक सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको छ’ भनेर ध्यानाकर्षण गराए ।
नेपाल र बेलायतबीच कुटनैतिक सम्बन्ध कायम भएको दुई सय बर्ष पुगेको अवसरमा बेलायतमा रहेका बिभिन्न क्षेत्रका व्यक्तिहरु र नेपाली जनताकातर्फबाट बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमणको निमन्त्रणा गत महिना मात्र लन्डनमा एक बिशेष कार्यक्रम मार्फत दिइएको थियो ।
केही साता अघि मात्र भएको बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणले भूकम्पको कडा पराकम्पनमा परेको धरासायी नेपाली पर्यटन प्रर्बदनमा नयाँ आशा जगाएको थियो । विश्वका लागी नेपाल भ्रमण खुल्ला छ भन्ने सन्देश त्यसले दिएको थियो साथै बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुको आत्मबलमा थप ऊर्जा परवाह गरेको थियो । यो कदमले बेलायत सरकारले नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिएको घटनकारुपमा देख्न सकिन्थ्यो ।
हालसम्म कुनैपनि बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् तर राजकीय स्तरमा बेलायती महारानी लगायत अन्य राजपरिवारको सदस्यहरुले बिभिन्न समयमा नेपाल भ्रमण गरिसकेका छन्







![13183187_10206327906505383_972042306_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13183187_10206327906505383_972042306_n1.jpg)