सिँचाइ मन्त्रालयका सचिव रामानन्दसहित तीन जना त्रिशुली नदीमा बेपत्ता

काठमाडौं- सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव चडेको गाडी त्रिशुली नदीमा खसेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटमा शनिबार विहान गाडी नदीमा खसेको हो । गाडी नदीमा खसेपछि सचिव यादवसहित तीन जना बेपत्ता भएका छन् भने चालक घाइते भएको धार्दिड प्रहरीले जनाएको छ ।

कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा सचिव यादव काठमाडौं आउँदै थिए । बिहान ३ बजे उनी चडेको गाडी दुर्घटनामा परेको हो । गाडीमा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीकी छोरी बेपत्ता भएका छन् ।