नेपालमा एकैैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

काठमाडौँ । नेपालमा कोरोना भाइरसका हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रवार नेपालमा एकैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा ९७२ जना निकोे भइ घर गएका छन् । यो सँगै निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । त्यस्तै शुक्रवार ५ जनाको निधन भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाको कारण ३२२ जनाले ज्यान गुमाएका छन् ।
हाल देशमा ८ लाख २१ हजार १८६ पिसिआर परिक्षण भएको छ । देशभर ६ हजार ७८ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पनि आज हालसम्मकै धेरै कोरोनाका बिरामी फेला परेका छन् । वितेको २४ घण्टामा काठमाडौँ जिल्लामा मात्रै ६२० जना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना संक्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा शुक्रवारम जम्मा ६९६ संक्रमित देखिएका छन् ।