हिमाल खनाल, दक्षिण कोरिया ।
कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाको विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको मानविय क्षति र विस्थापित भएका परिवारलाइ तिन लाख तिनसय पचास रूपैया सहयोग गरेको छ ।
राहत उपलब्ध गराउने उद्धेश्य सहित नन्दजंग गुरुङ संयोजक र एस पि अधिकारी सह संयोजक रहने गरी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल, र नेपाल च्याप्टरको पहलकदमीमा उक्त रकम संकलन भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम ४ चरणमा कास्कि जिल्लाको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको वडाहरुमा क्रमशः मिती भदौ १९ ,२१,२२ र २३ गते गरिएको थियो । जसमध्ये अन्नपूर्ण गाउँपालिकाका कुल बहादुर परियार, भोले परियार, बल बहादुर परियार , रमेश परियार, मनोज परियार, डील परियार, विवा परियार र राजाराम भण्डारिलाई प्रती परिवार ९ हजार १ सयका दरले ७२ हजार ८ सय रुपैयाँ प्रदान गरिएको छ ।
त्यसैगरी माछापुच्छ्रे गाउँपालिकाका रबीलाल बि.क ,डोल बि.क, डील बहादुर बि. क (मामा)दुर्गे कामी , छलि दमाई, राम बा.नेपाली श्रीमती लक्ष्मी दमाई, श्रीमती कल्पना पुन मगरको परिवारलाइ प्रती परिवार ८ हजार १ सयका दरले जम्मा ६४ हजार ८ सय रुपैयाँ वितरण गरिएको छ । यस्तै रूपा गाउँपालिकाका गद्धेमाल बि.क, दान बहादुर नेपाली , कृष्ण बहादुर नेपाली, सुर्य बि.क ,प्रेम मिजार , पुर्ण बहादुर भुजेल र मन बहादुर नेपाली लाई प्रती परिवार ९ हजार का दरले जम्मा ६३ हजार रुपैयाँ वितरण गरिएको छ ।
राहत वितरणको अन्तिम दिन पोखरा महानगरपालिकाको कार्यालयमा महानगर भित्र ३ घर परिवारलाइ रु १० हजारको दरले र ९ घर परिवार लाई ७ हजार ७५० का दरले गरि वितरण गरिएको छ । लाभान्वित हुनेहरुमा प्रेम बि. क , स्व. हिमकली अधिकारिको परिवार, सन्तोष खडका, स्व.टंक बहादुर थापाको परिवार , राम प्रसाद उपाध्यय , सीता दहाल,कृष्ण बहादुर कामी, चित्रकला बि.क, बाबुराम बि. क, टिकाराम आचार्य ,स्व. दुर्गा बिकको परिवार र गिरिधारी वास्तोला रहेका छन् ।
जिल्लाका जनप्रतिनिधि तथा स्थानीय तहका सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्यमा वास्तविक पीडित पहिचान गरि सो सहयोग प्रदान गरिएको कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष प्रबीण गिरी ले जानकारी दिए ।
कास्की परिवार दक्षिण कोरियाले अभियान बाट ४९ लाख२२ हजार ५५५ वोन संकलन गरेको थियो । भने ३० लाख ८५ हजार ७८३ वोन बाढी पहिरो पीडितलाइ हस्तान्तरण गरिएको छ ।
त्यसैगरी १८ लाख ३६ हजार ७७२ वोन आपतकालीन कोषमा राखिएको छ । त्यसैगरी दुवै मृगौला फेल भएकी याम कुमारी थापा लाई आपतकालिन कोषबाट एक लाख वोन र कार्य समिती बाट आन्तरिक सहयोग गरी जम्मा २ लाख वोन सहयोग गरिएको थियो। समितीको आपतकालिन कोषमा १७ लाख ३६ हजार ७७२ वोन बाँकी रहेको समितीका कोषाध्यक्ष तथा सहकोषाध्यक्ष क्रमश ः नन्दजंग गुरूङ र एसपी अधिकारी ले जानाकारी दिए।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु रामजी बराल, राजीब पहारी,गण्डकी प्रदेश अर्थ तथा बिकास सभापति दिपक कोईराला, पोखरा महानगरपालिका उप प्रमुख मन्जु गुरुङ तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु को बिशेष आतिथ्यमा सगुन गुरुङ ,कर्ण ब.गुरुङ कृष्ण कुमारी दबाडी ,नवराज ओझा, लाल सुब्बा तथा गाउँपालिकाका कार्यकारी अधिकृत, वडाअध्यक्षहरु, कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सुरज गुरुङ, कार्यसमिती सदस्य राम बहादुर क्षत्री, कास्की आदर्श समाज अन्तराष्ट्रीय समन्वय परिषद नेपालका नेपाल च्याप्टर संयोजक शोभाकर भण्डारी, कार्यसमिति सदस्य राम ब क्षत्री लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी सल्लाकारहरु प्रदिप गुरुङ,भक्त शेरचन, लक्ष्मि शेरचन , सुमन थापा , राजु पौडेल, राजु सुवेदी, सपना गुरुङ्ग, कुल बहादुर ,बलाराम भण्डारी, निशान्त थापा, गुमन सिंह गुरुङ,रजन्त गुरुङ,एक गुरुङ,सुर्य सुवेदी, सविन लामिछाने साथै कास्कि आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपाल का पदाधिकारिहरु , उपाध्यक्ष डा. सुन्दर पौडेल, उपाध्यक्ष निरज थापा कुवर , कोषाध्यक्ष गणेशराज पहारी, महिला संयोजक पुजा शाह, शिव गिरि, हरि ढकाल नेपाल च्याप्टर स्ंयोजक शोभाखर भण्डारि सहसंयोजक खोम ब. कार्की तथा पत्रकार दिननाथ बराल,श्रीभद्र पौडेल , घनस्याम पाण्डे ,प्रहरी साहायक निरीक्षक तुल बहादुर गुरुङ पनि सहभागि थिए ।
कास्की परिवार दक्षिण कोरियाद्धारा कास्कीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग






