पत्रकार खड्का सम्मानित

ग’ल्मी २८ मंसिर । सञ्चारीका समुह गुल्मीकी अध्यक्ष गगनशीला खड्कालाई उद्योग वाणिज्य संघ वामीले सम्मान गरेको छ । जिल्लामा महिला पत्रकार भएर पनि जुझारु पत्रकारको रुपमा रही पत्रकारीता क्षेत्रमा प्रगती गरेर जिल्लाको शिर उँचो राख्न सफल भएको भन्दै उहाँलाई सम्मान गरीएको हो ।
रेडियो कान्तिपुर पत्रकारीता पुरस्कार २०७० बाट पुरस्कृत भई गुल्मीलाई पत्रकारीताको क्षेत्रमा चिनाउन सफल हुनुभएको भन्दै उद्योग बाणिज्य संघ वामीले नगद रु २ हजार सहित सम्मान गरेका हो ।
शाखको शनिवार सम्पन्न शाखा स्थापना तथा पहिलो साधारण सभाको अवसरमा उहाँलाई नगद र सम्मानपत्रले सम्मान गरीएको थियो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्यसंघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे तथा वामीका अध्यक्ष सुदर्शन शाक्यले सम्मान गर्नुभएको थियो ।