बेलायतमा ‘हाउ फन्नी’को प्रदर्शन धमाधम (भिडियो)

लन्डन– दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘हाउ फन्नी’ले बेलायतमा धमाधम प्रदर्शनका लागी भब्य तयारी गरिरहेको छ ।

बेलायतका विभिन्न सहरमा प्रदर्शनको तयारी मा रहेको कमेडी फिल्म हाउ फन्नी आगामी मे २२ मा अल्डरसटको द प्यालेसमा प्रदर्शन गरिने भएको छ ।

बेलायतमा फिल्म प्रदर्शनको जिम्मा पाएका समाजसेवी एलबी जेट गुरुङले ‘हाउ फन्नी’ हेर्न उल्लेख्य दर्शकको उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो । गुरुङकै पहलमा यसअघि नेपथ्य र दिब्या सुब्बाको सांगीतिक कार्यक्रम भव्यरुपमा सफल भएको थियो ।

पूर्वमिस नेपाल माल्बिका सुब्बाको लगानी रहेको यो फिल्मलाई निमा डोलु शेर्पाले निर्देशन गरेकी हुन्। सस्पेन्स कमेडी फिल्म हाउ फन्नीले नेपालमा राम्रो कमाइ गरेको थियो ।

कमेडी फिल्म हाउ फन्नी निकै राम्रो बनेकाले बेलायतका नेपाली सिनेमा प्रेमीको  सहभागिताका लागि सबै नेपाली समुदायलाई हेर्न समाजसेवी एलबी जेट गुरुङले आग्रह गरेका छन । 13055531_1093362280734023_4897517355289764433_n[1]