
लन्डन– अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले मे ८ तारिखमा अल्डरसटमा एक अन्तर्क्रिया आयोजना गरेको छ ।
नयाँ शक्ति नेपालका सचिवालय सदस्य वीरेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ शक्तिका अन्तरिम केन्द्रिय परिसद सदस्य यूरोप तथा युके संयोजक भोला खनाल, केन्द्रीय परिषद सदस्य डा. सुनिल शाहलगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्काइपमार्फत सम्बोधन गरेका थिए । कार्यक्रममा बेलायतका विभिन्न ठाउँबाट नयाँशक्ति अभियन्ता हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, बुद्धिजीवि पूर्ण लक्सम, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खा समाजका अध्यक्ष जय प्रकाश गुरुङ लगायतले बेलायतमा नयाँ शक्तिलाई शुभकामना मन्तब्य दिएका थिए।
अन्तर्राष्ट्रिय नेपाली समाज युकेको कार्यसमिति विस्तार:
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज युकेको कार्यसमिति विस्तार गर्दै क्षेत्रीय समिति संयोजकहरु पनि तोकिएको छ ।
संयोजक भोला खनाल उप-संयोजकहरु प्रकाश शर्मा, सुरोज मास्के, संगठन विभाग प्रमुख दिपक गैरे, महिला विभाग शकुन्तला गुरुङ, प्रवक्ता जगन कार्की, आर्थिक विभाग कृष्ण गैरे, पुष्प उप्रेती, धन गुरुङ, गणेश अधिकारी, अनुपमा न्यौपाने, अल्डरसट फर्नबोरो क्याम्बर्ली संयोजक हेम गुरुङ, मधेस विभाग संयोजक पाण्डव महतो, बुद्धिजीवी संयोजक डा. सुनिल शाह, लिड्स संयोजक रेसम थापा, स्कटल्यान्ड संयोजक विजय डंगोल, वेल्स संयोजक योगेन्द्र गैरे,लेस्टर संयोजक राजु कँडेन, सेन्ट्रल लन्डन संयोजक प्रकाश शर्मा, साउथइस्ट लन्डन संयोजक क्रान्ति मास्के छन्
अन्य क्षेत्र र समूदायको प्रतिनिधित्व क्रमश: विस्तार गर्दै जाने नयां शक्ति अभियान यूकेका प्रवक्ता जगन कार्कीले जानकारी दिए ।






