काठमाडौं- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनमा उठेको एजेन्डालाई टुंगोमा पुर्याएरमात्र प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएर फलदायी हुने बताएका छन् ।
शनिबार राजधानीमा गरिएको साक्षात्कारमा सद्भावना अध्यक्ष महतोले मधेस आन्दोलनका एजेन्डालाई थाँती राखेर प्रधानमन्त्री भारत गए भ्रमण फलदायी नहुने बताए ।
उनले मधेसी जनताका माग सम्बोधन नगरिएसम्म भारतीय जनताको सद्भाव प्रधानमन्त्रीले पाउन नसक्ने स्पस्ट पारे ।
अध्यक्ष महतोले तत्काल पूरा गर्न सकिनमाग तत्कालै पूरा गर्नुपर्ने र बाँकी विषय कहिलेसम्म टुंगो लगाउन सकिन्छ त्यो पनि स्पस्टसँग भन्नुपर्ने बताए ।






