काठमाडौं- हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनियन्त्रित उच्च रक्तचाप र मुटुको अनुगमनको लागि वीर अस्पतालको आइसीयुमा भर्ना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा असहयोग गरेको भन्दै शुक्रबार पक्राउ गरेको दिक्षित शनिबार दिउँसो अस्पतालको इमरजेन्सीमा आएका थिए ।
वीर अस्पतालको निर्देशक स्वयमप्रकाश पण्डितका अनुसार दीक्षित अस्पतालको इमरजेन्सीमा आएपछि मेडिसिन विभागले स्वास्थ्य परीक्षण गरेको छ ।






