काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द उपचारका लागि वयोधा अस्पताल भर्ना हुनुभएको छ ।
अध्यक्ष चन्दलाई हर्नियासम्बन्धी समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उहाँको शल्यक्रिया आइतबार हुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।






