लिस्बन
कोरोना भाइरस अर्थात कोभिड-१९ बाट सुरक्षित रहन नभई नहुने चिज माक्स पनि हो। कोभिड-१९ बिश्वको २१० देशमा फैलिरहँदा सेनिटाईजर,माक्स लगायत अत्याबश्यक बस्तु बजारमा कमै मात्रमा उपलब्ध छन् ।
यहि बिसम परिस्थितिमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का सह(कोषाध्यक्ष तथा बेल्जियम निवासी व्यवसायी ) लोक प्रसाद दाहालले गैर आवासीय नेपाली संघ पोर्चुगलको लागि एक हजार (१०००) पिस मास्क निःशुल्क सहयोग गरेका छन् ।
मास्क संस्थाका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा तथा उपाध्यक्ष सिता श्रेष्ठ साथै अन्य पदाधिकारी र संघ संस्थाका प्रतिनिधिहरुको रोहवरमा उपलब्ध गराइदिएका हुन । यस्तो महामारीको परिस्थितिमा सहयोग गरेको भन्दै एनआरएनए पोर्चुगलले फेसबुक मार्फत दाहालाई धन्यवाद व्यक्त गरेको छ ।
साथै पोर्चुगलमा रहनु भएका नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई मास्कको अति आबश्यक भएमा एनआरएनए पोर्चुगलले उपलब्ध गराएको भाइबर नम्बरमा ९२००४३७२९ सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।






