विरोध प्रदर्शन गर्ने शिलशिलामा सयौं गोर्खा स्कटल्याण्ड जांदै

gurkhas1

लण्डन ।  गोर्खा सत्याग्रह समितिले आफ्ना पूर्ण समान अधिकारको  लागि आगामी साता स्कटल्याण्डमा प्रदर्शन गर्दैछ । समितिले युके बाट एकसय भन्दा बढि गोर्खा तथा परिवारहरु यही अगष्ट १० तारिख विरोध प्रदर्शन गर्ने शिलशिलामा स्कटल्याण्डतर्फ लैजाने जनाएको छ ।

स्कटलेण्डमा रहदा द्विशतवार्षिकी महाउत्सवको उपलक्ष्यमा आयोजित सम्पूर्ण कार्यक्रमहरुको शान्तिपुर्ण तर ससक्तरुपमा विरोध,वहिस्कार गरिने बताइएको छ ।

स्कटिस राष्ट्रिय दल तथा अन्य दलका सांसद र नेताहरुलाई भेटने, ग्यापन पत्र बुझाउनुका साथै आफना न्यायोचित मागहरु यथाशिघ्र पुरा गराउन उनीहरुको समर्थन जुटाउने प्रयत्न पनि गर्ने समितिको योजना छ ।

भेटने र विरोध गर्ने प्रमुख कार्यक्रमहरुमा अगस्ट १२ तारिख अपराहान्न १२ बजे स्कटलेण्डको संसद कार्यालयमा विभिन्न सांसदहरुलाई माथि उल्लेख गरिए बमोजिम भेटने, ग्यापन पत्र टक्रयाउने, सहयोगका लागि याचना गर्ने र त्यसपछि २ घण्टा संसद परिसरमा शान्तिपूर्ण, मौन धर्ना दिने अति महत्वपूर्ण कार्यक्रम आयोजना रहेको जनाउंदै  उक्त कार्यक्रममा सत्याग्रहले एडिनबरा र त्यस क्षेत्र आसपासका भूपू गोर्खा तथा तीनका परिवारलाई सहभागिताका लागि विशेष अपील गरेको छ ।