चार्ल्टन नेपाली समाज यूकेले हर्षबढाइँका साथ सम्पन्न गर्याे दशौं बार्षिकोत्सव:(फोटो फिचर)

लन्डन । चार्ल्टन नेपाली समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव तथा दशैं तिहार शुभकामना साँझ भव्य रुपमा सम्पन्न गरेको छ ।अध्यक्ष रेखा खरेलको अध्यक्षतामा दशैं तिहारको अवसर पारेर संस्थाले पर्वमय मनोरञ्जनात्मक वातावरणमा आफ्नो दशौं बार्षिकोत्सब सम्पन्न गरेको हो ।

नवगठित कार्यसमितिको पहिलो कार्यक्रमको रुपमा मेरिडेयन स्पोर्ट्स एण्ड सोसल क्लब स्थित चाल्टर्नमा आइतवार आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष रेखा खरेल, पूर्व अध्यक्षहरु रोमनाथ पाण्डे, टंक कंडेल र कृष्ण खरेल, सल्लाहकार एवम् पशुपतिनाथ मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा लगायतले संयुक्त रुपमा केक काट्दै हर्ष बढाइँ गरेका थिए ।लन्डनस्थित लोकप्रिय दाजुभाई ब्याण्डका गायक अमित मगरसहितका अन्य स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतिले बार्षिकोत्सवलाई भव्य बनाएको थियो ।

त्यस्तै समाजका कार्यसमिति सदस्य वसन्त खनालको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु मिलेर मौलिक देउसी प्रस्तुत गरे भने डिजे हेम विष्टले रमाईला गीतहरु बजाएर सहभागीहरुलाई खुबै नचाए ।

कार्यक्रममा समाजको कार्यसमितिमा नियुक्त मुना सापकोटा र मन बहादुर थापालाई स्वागत गरिएको थियो ।सोही अवसरमा आकर्षक पुरस्कारहरु सहितको राफल ड्र पनि गराईएको थियो।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष कृष्ण खरेल, पूर्व सचिव रेशम अर्याल, सल्लाहकार तथा लण्डनस्थित पशुपतिनाथ मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।समाजका महासचिव टिएन रिजालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता अर्यालले स्वागत मन्तव्य राखेकी थिइन्।

त्यस्तै संस्थापक अध्यक्ष सुरज के.सी, एनआरएनए पूर्वअध्यक्ष महेन्द्र कंडेल, पशुपति मन्दिरका निबर्तमान अध्यक्ष नरेन्द्र कंडेल, युवा सफल ब्यवसायि राजन कंडेल, समाजका एलएनपी संयोजक गंगा खरेल, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, आरजीएनएसका अध्यक्ष जीत रानाभाट, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, पासा पुच साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, समाजका सल्लाहकार कर्ण शाहि सहित बिनोद ज्ञवाली,नबिन सापकोटा,जीवन वाग्ले, शर्मिला हिराचन, मञ्जु भण्डारी,दिदी बहिनी समुहकी श्रद्धा थापा, अन्जना थापा , अनीता के सी लगायतका साउथ इष्ट लन्डनस्थित नेपाली समुदायका अगुवाहरु तथा यहाँ रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम सफल पार्न समाजका अध्यक्ष रेखा खरेलसहित उपाध्यक्ष प्रकाश कंडेल र सीता अर्याल, महासचिव टि एन रिजाल, कोषाध्यक्ष राम पाण्डे, सचिव आनन्द लोहनी, सहकोषाध्यक्ष दिल जी।सी, सदस्यहरु बसन्त खनाल, किरण सापकोटा, कृष्ण भण्डारी, दानमाया महर्जन, सीता ढकाल, स्मारिका पाण्डे,माधब श्रेष्ठ, धन लामा सहित कार्यसमितिका सबै पदाधिकारी, सदस्य र सल्लाहकारले आफ्नो आफ्नो भूमिका निभाएका थिए ।

समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष रेखा खरेलले समाजले कला संस्कृतिहरुको जगेर्ना गर्नेगरी नियमित रुपमा कामहरु गर्दे अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन् । विजयादशमी तथा दीपावलीको अवसरमा सबैलाई शुभकामना दिदै उनले बेलायतमा रहेका सबै नेपालीहरु एकजुट भएर आफ्ना पर्वहरु मनाउने र देशकल्याणका काममा संलग्न हुनुपर्ने समेत बताइन् ।

नेपालीहरुको महान् पर्व दशैं घरमा भित्राइसकेको अवस्था र दोस्रो ठूलो चाड मानिने तिहार भित्राउने तरखर रहेको अवस्थामा समाजले यूकेका नेपालीहरुलाई पर्वमय अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष प्रकाश कंडेलले बताए ।

तस्बिरहरु: