बेलायतमा ‘एचके नाइट लाइभ कन्सर्ट हुदै, राजु लामा सहित चर्चित कलाकारहरु सहभागी हुने

लन्डन । बेलायतका विभिन्न शहरमा हुन लागेको ‘एचके नाइट लाइभ कन्सर्ट’ मा नेपालका चर्चित कलाकारहरु सहभागी हुने भएका छन् ।

अगस्ट महिनाको १९ शनिबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिड , अगस्ट २५ शुक्रबार एमइसीए सर्कस स्विन्डन र सेप्टेम्बर २ शनिबार एम्पायर हाल अल्डर्सटमा कार्यक्रम हुनेछन् । डिजे एस काजीले कन्सर्टमा थप मनोरन्जन दिनेछन् । कार्यक्रमको संचालन पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले गर्दैछिन् ।19060159_10154734143548506_5989506372904276697_n

 

मंगोलियन हार्टका राजु लामा, सन्जिव प्रधान, हरिस माथेमा, दीपक बज्राचार्य, एन्जल्स ब्याण्डका राजु लामा, नेपथ्यका पूर्व गायक गौतम गुरुङ, ड्रमर प्रवेश गुरुङ आदि कलाकारहरुको उपस्थितिमा लाइभ कन्सर्ट गर्न लागिएको आयोजक सुवास गुरुङले जनाए ।19756797_10154856971293506_219270961265095674_n

कार्यक्रम सुवास गुरुङ, नरेन गुरुङ, जगदीश गुरुङ, ब्रिट गुरुङ, भेष गुरुङ सन्जय गुरुङ मिलेर गर्न लागेका हुन् । यसलाई जोर्डन ब्रदर्स एसोसिएसन, हङकङ मञ्च यूके, साथी भाइ स्वीन्डन, राजन गुरुङ, नवीन गुरुङ, एसएन ब्रदर्श, बिटी गाइज आदिको समेत सहयोग छ । कार्यक्रमको संयोजन जगत गुरुङले गरेका छन् ।

20228728_258125794686712_8060948227517801706_n आयोजकले लाइभ कन्सर्ट हेर्न अग्रिम टिकट लिनेहरुलाई २० पाउण्ड र कार्यक्रम स्थल गेटमा २५ पाउण्ड लाग्ने उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध समेत गरेका छन् ।