लण्डन । नेपाली चलचित्र ‘धनपति’को टिम बिहिबार बेलायत आइपुगेको छ। प्रिमियरका लागि निर्देशक दिपेन्द्र के खनाल, कथाकार तथा नायक खगेन्द्र लामिछाने र निर्माता रोजिना सिटौला लण्डन आइपुगेका हुन् ।
बिहिबार बिहान लण्डन उत्रिएका उनीहरुलाई ३२ बक्स समुहका प्रशान्त थापा लगायतको समुहले विमानस्थल पुगेर स्वागत गर्यो ।
यसै बीच शुक्रबार १८ अगस्टको सांझ ६ बजे अल्डरसटको एम्पायर हल र आइतबार २० अगस्टको दिउंसो १ बजे लण्डनको ह्यारोस्थित सफारी सिनेमामा चलचित्रको प्रिमियर शो गरिदैछ । चलचित्र धनपतिकै टिमले बनाएको चलचित्र पशुपतिप्रसादले पाएको ठूलो सफलताका कारण पनि यस धनपतिबाट धेरै आशा गरिएको छ।
बेलायतका विभिन्न शहरमा ३२ बक्स लिमिटेडले ‘धनपति’ प्रदर्शन गर्न लागेको हो ।






