सिड्नी । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा “मुटु भरि देश बोकि“ युट्युब मार्फत बजारमा आएको छ ।
पछिल्लो समय साहित्य क्षेत्र विशेष गरी कविता र गीतमा बढी आफुलाइ समर्पित गर्दै आएका शर्माले यस पटक देशभक्ति गीत बजारमा ल्याएका हुन् । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका शर्माको यो पहिलो गीत हो ।
उक्त गीतमा बरिष्ठ कलाकार, स्वरका धनी रामकृष्ण ढकाल तथा चर्चित गायीका मेलीना राईको स्वर रहेको छ । महेश्वर शर्माको शब्द, आनन्द राईको संगीत रहेको सो गीतमा एरेन्ज महाराज थापाले गरेका छन् । म्युजिक भिडियोमा सरोज दाहाल र साक्षी लम्सालले अभिनय गरेका छन् ।
युवराज वाईबाको निर्देशन रहेको सो भिडियोको छायङ्कन राज पोखरेल तथा दिपेन्द्र भट्टले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।
सो म्युजिक भिडियोको मिक्सिङ्ग एपल्स स्टुडियो अनामनगरका साजन शाहले गरेका हुन् ।
उक्त गीतको माध्यमबाट हिमाल, पहाड र तराइको मेलमिलापको कुरा गर्दैै मुटुमा देश बोकेर हिड्ने भनी देश प्रेम देखाइएको छ । धार्मिक सहिष्णुता र मेलमिलाप, देशका सम्पदा इत्यादिलाइ गीतको भावले समेटेको छ । जस कारण नेपालीले यस गीतलाइ अत्याधिक महत्व दिएका छन् ।
नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माले यस अघि कविता संग्रह “प्रवासका जूनहरु“ प्रकाशित गरिसकेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन।
भिडियो हेरौ ।






