काठमाडौं- भूकम्पपीडितले घर बनाउन २० लाख रुपैयाँसम्म पाउने भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान, सामूहिक जमानीमा तीन लाख रुपैयाँ र चाहेमा गाउँका पीडितलाई दुई प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण दिन सकिने बताए ।
उनका अनुसार राष्ट्र बैंकले गाउँमा १५ लाख र सहरमा २५ लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा बैंकमार्फत उपलब्ध गराउने कार्यविधि बनाइसकेको छ । त्यस्तै सामूहिक जमानीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने नीतिगत निर्णय भएको छ ।






