महाधिवेशनको तयारीमा जुट्यो राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपाल महाधिवेशनको तयारीमा जुटेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीका शीर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको तयारी रहन पार्टीका सबै संगठनहरुलाई सर्कुलर जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए । बैठकमा संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल पनि गरिएको थियो । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो ।

सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीसँग बिहिबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताए ।