लन्डन आइपुगे बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी-को हुन् रेग्मी ? 

शिब भण्डारी

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लन्डनस्थित नेपाली दूतावास आइपुगेका छन् ।बेलायतका लागि एक्काइसौं महामहिम राजदूत रेग्मी सोमवार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन् ।राजदूत रेग्मीका साथ उनकी श्रीमति पनि छन्। राजदूत लिन दूतावासकी उपनियोग प्रमुख एबम कार्यवाहक राजदूत रोशन खनाल साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।

बेलायत सरकारको अनिवार्य नियम अनुसार उनी १४ दिन ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले औपचारिक कार्यभार भने मार्च महिनाको दोस्रो सातापछि नियमित कार्य शुरु गर्ने बताइएको छ । राजदूत रेग्मीले पदबहाली गरेको दूतावासले जनाएको छ ।

 

रेग्मीलाई २०७७ आश्विन १५ गते विहिबारको मन्त्रीपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा नियुक्ती दिने निर्णय गरेको थियो । २७ कार्तिक विहिबार उनको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो ।

सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा लन्डन दूतावास आएका राजदूत डा दुर्गाबहादुर सुवेदीले चार वर्षे कार्यकाल सकी गतसाता नेपाल फर्किएसंगै कार्यवाहक राजदूतको भूमिका उपनियोग प्रमुख खनालले पाएकी थिइन् ।

को हुन् रेग्मी ? 

सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६ मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए । रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

         हालसम्म को को राजदुत भए ?

Ambassador Dr. Durga Bahadur Subedi 2016 onwards 20th
Ambassador Dr. Suresh Chandra Chalise 2010- 2014 19th
Ambassador Mr. Murari Raj Sharma 2007- 2009 18th
Ambassador Mr. Prabal S.J.B. Rana 2003-2006 17th
Ambassador Dr. Singha Bahadur Basnyat 1997-2003 16th
Ambassador Mr.Surya Prasad Shrestha 1992-1997 15th
Ambassador Maj.Gen. Bharat Kesher Simha 1988-1992 14th
Ambassador Mr.Ishwari Raj Pandey 1983-1988 13th
Ambassador Mr. Jharendra Narayan Singha 1979-1983 12th
Ambassador General Kiran S.J.B. Rana 1974-1978 11th
Ambassador Colonel Upendra Bahadur Basnyat 1969-1974 10th
Ambassador Mr.Ishwari Raj Mishra 1966-1969 9th
Ambassador Mr. Kali Prasad Upadhaya 1961-1965 8th
Ambassador Professor Ram Prasad Manandhar 1957-1961 7th
Ambassador Mr. Daman S.J.B. Rana 1954-1957 6th
Ambassador General Shankar S.J.B. Rana 1949-1954 5th
Ambassador General Kaiser S.J.B. Rana 1947-1949 4th
Minister General Singha S.J.B. Rana 1939-1947 3rd
Minister General Krishna S.J.B. Rana 1936-1939 2nd
Minister General Bahadur S.J.B. Rana 1934-1936 1st