प्रवासी नेपाली एकता मञ्च डेनमार्कका अध्यक्ष शिव चापागाईँले जारी गरे यस्तो विज्ञप्ती

डेनमार्क । प्रवासी नेपाली एकता मञ्च डेनमार्कले नेपालमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपनि यसले देशलाई राजनीतिक निकास निकास दिन नसक्ने बताएको छ ।

मञ्चले एक विज्ञप्ती जारी गर्दै अदालतले गरेको फैसलालाई सम्मान गर्दै यो संवैधानिक रुपमा सही भएपनि देशलाई राजनीतिक रुपमा निकास भने दिन नसक्ने स्पष्ट पारेको हो ।

‘सर्वाेच्च अदालतको निर्णय स्वीकार्य छ, तर यसले कुनै राजनैतिक दिशानिर्देश गर्न सकेको छैन, जुन पृष्ठभूमिमा प्रधानमन्त्रीबाट संसद् विघटन भएको थियो आज तिनै पात्र र प्रवृतिहरु पुनः फर्किएको छ’, अध्यक्ष शिव चापागाईँद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीले संचार गरेको आशावादिता, विकाश र समृद्धिका एजेन्डाहरु प्रति अझ शसक्त रुपमा उभिनु पर्ने बेला आएको छ । सम्पूर्ण राष्ट्रभक्त तथा विकासप्रेमी जनताहरु एक ठााउमा भएर अब पुनरावृत हुने संसदीय कु अभ्यास, भ्रष्टाचार र अलोकतान्त्रिक गतिविधिहरुविरुद्धको हाम्रो यस अभियानलाई सफल गराउनु छ ।’

अध्यक्ष चापागाईँले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयलाई पार्टीले अवसरको रुपमा लिएर अघि बढ्ने भन्दै संसद् पुनःस्थापनापछि आफ्नो पार्टीका एजेन्डा र औचित्य अझै पुष्टि हुने बताएका छन् ।

हेरौँ विज्ञप्ती