काठमाडौं। उपत्यकाका विभिन्न स्थानबाट आइतबार प्रहरीले १६७ जनालाई नियन्त्रणमा लिएको छ ।
सामान्य दिनको तुलनामा क्रिसमसको पूर्व सन्ध्यामा केही बढी नै पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, कुटपिट गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।






