लन्डन । सदाबहार नायक तथा निर्माता भुवन केसी निर्देशित पहिलो चलचित्र ‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर शो आइतबार अल्डरसटमा गरिएको छ । शो हेर्न नेपाली चलचित्रप्रेमी दर्शकको सहभागिता उल्लेख्य रह्यो ।
एम्पायर ब्याङक्युटिङ हलमा शो हुनु पूर्व भुवन र उनका सुपुत्र एवं ‘ड्रिम्स’ हिरो अनमोल केसी, निर्माता डा. कपिल रिजाल र उनको परिवार, आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राई लगायत हल प्रवेश गर्दा दर्शकहरुले उनीहरुको न्यानो स्वागत गरे ।
प्रिमियर शोमा नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ लगायत सयौं दर्शक सहभागी थिए । फिल्म शुरु हुनु अघि ति कलाकारसंग दर्शकले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
अभिनेता भुवनले दर्शकहरुको माया पाएरै ‘ड्रिम्स’ अत्यधिक सफल चलचित्र सावित भएको जनाए । उनले आफ्नो पहिलो निर्देशन भएकाले त्यहांका केही कमी कमजोरी अन्य चलचित्रमा सुधार्ने प्रण समेत गरे । अनमोल चाहिं क्रेजी दर्शको जिज्ञासा शान्त पार्दै आफ्नो रिलेसनसीप केवल करिअरसंग भएको जवाफ दिंदै थिए । उक्त अवसरमा अनमोललाई आइ लभ यू भन्ने देखि उनको अफेयर्ससम्मका जिज्ञासा दर्शकले राखेका थिए । भुवनको जुंगा र सधैं जवान देखिने उनको शारिरिक बनावट, हाउभाउ र जीवन्त अभिनयको पनि दर्शकले तारिफ गरे ।
सपन इन्टरटेनमेन्ट लिमिटेडले ‘ड्रिम्स’ को प्रिमियर गरेको हो । उक्त कम्पनीका निर्देशक सपनकुमार राईले ‘ड्रिम्स’ आगामी १२ मेमा उलवीच ट्रामसेड थियटर, १५ मेमा ह्यारो सफारी सिनेमा, १६ मेमा ग्रान्थाम, २० मेमा मेडिस्टोन, २१ मेमा क्याट्रिक र २२ मेमा स्कटल्याण्डको एबरडिनमा प्रदर्शन हुने जनाए ।
उक्त इभेन्टको संयोजन गरेकी थिइन् निशा गुरुङ ।![13181137_10206321634268581_74392325_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13181137_10206321634268581_74392325_n1.jpg)
![13100939_1614297232224324_1400113366871545040_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13100939_1614297232224324_1400113366871545040_n1.jpg)
![13140681_10206321634348583_587879589_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13140681_10206321634348583_587879589_n1.jpg)
तस्बिर : मिलन तमु







![13141027_10206321634068576_484121297_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13141027_10206321634068576_484121297_n1.jpg)