भित्तेपात्रो सार्वजनिक गर्दै चितवन समाजको बनभोज सम्पन्न

patro
तस्बिर : प्रकाश पाठक
नारायण रपाल विश्वकर्मा,
बहराईन 
“अनेकतामा एकता, एकताको मन, हाम्रो प्यारो चितवन” भन्ने मुल नारा का साथ स्थापित भई बहराईनमा रहेका चितवनबासि हरुको साझा संस्था चितवन सेवा समाज ले नया बर्ष को शुभ कामना स्वरुप नय बर्ष २०७३ सालको भित्तेपात्रो बनभोज गरि सार्बजनिक गरेको छ ।
गएको १५ अप्रिल २०१६ का दिन बहराइनको हमला स्थित सारा गार्डेन मा सम्पन्न भएको बनभोज कार्यक्रममा चितवन समाज का अधिकांस सदस्य हरू उपस्थिती रहेको थियो भने बिभिन्न संघ संगठन मा आबद्ध ब्याक्ती हरुको समेत सहभागिता रहेको थियो ।
दुई चरण मा समपन्न कार्यक्रम मा पहिलो औपचारिक कार्यक्रम को संचालन समाज का महासचिव सुधीर श्रेष्ठ र दोश्रो चरण को सास्कृतिक कार्यक्रम को संचालन सचिब तथा सांस्कृतिक संयोजक सन्तोष श्रेष्ठ ले गरेका थिए ।
समाजका अध्यक्ष बेदराज पौडेल को स्वागत मन्तब्य सँगै सुरुवात भएको अपौचारिक कार्यक्रममा सल्लाहाकार यादव प्रसाद देवकोटा ले शुभ कामना मन्तब्य राखेका थिए भने करीब १५० को हाराहारिमा नेपाली हरुको उपस्थिती रहेको बनभोज कार्यक्रम मा स्थानिय नेपाली कलाकार हरु असिम महत, सरिता दर्लामी मगर, दया भट्टराई, उमा पौडेल, बिश्वास थापा मगर, जानुका पौडेल, शिब अधिकारी लगायत ले गीत तथा नृत्य पस्किएर बनभोज लार्इ भब्य बनाएका थिए ।सोही अवसर मा नया बर्ष २०७३ सालको उपलक्ष्यमा शुभकामना स्वरुप प्रकाशित गरेको “भित्तेपात्रो २०७३” सार्बजनिक गरेको छ ।
गैर आवसिय नेपाली संघ बहराईनकी महिला संयोजक तथा चितवन समाज बहराईनकी बरिष्ठ सल्लाहाकार लक्ष्मी गिरी, नेपाली क्लव बहराईनका अध्यक्ष कल्याण श्रेष्ठ, नेप्लिज वेलफेयर सोसाईटी बहराईनका अध्यक्ष सालीकराम पन्त, चितवन समाजका सल्लाहाकार यादव प्रसाद देवकोटा, चितवन समाजका प्रमुख सल्लाहाकार ज्ञानेन्द्र गुरूङ, पत्रकार नारायण रपाल बिश्वकर्मा तथा चितवन समाजका बृद्ध अविभावक केशब भण्डारी ले सयुक्त औपचारिक रूपमा भित्ते पात्रो सार्बजानिक गरेका थिए । तस्बिर : प्रकाश पाठक
London Nepal News