राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

ljBfnosf 9f]sfdf ad/fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 ;f] :yfgdf /flvPsf] k|];/ s's/ ad g]kfnL ;]gfsf] ad l8:kf]hn 6f]nLn] lgliqmo kfb}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बागलुङ, ५ मंसिर (रासस) : सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताउनुभयो । विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । “हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोटन गराएको देखिन्छ”, प्रहरी उपरीक्षक खापुङले भन्नुभयो, “घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।