जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

काठमाडौं – विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् ।

जर्मन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । ११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजना रहेको उहाँले सुनाउनुभयो । नेपालमा कार्यकाल सकेपछि कार चढेर स्वदेश फर्कने सम्भवतः पहिलो राजदूत जर्मन राजदूत मायर हुनुहुनेछ ।

योजनाअनुसार शनिबार बिहान ४ बजे ज्ञानेश्वरस्थित जर्मन दूतावासबाट उहाँको कार यात्रा सुरु हुनेछ । दूतावास परिसरमा उहाँको यात्राका लागि मित्सुबिसी कार तयारी हालतमा राखिएको छ । एक जर्मन साथी र आफूले आलोपालो कार हाँक्ने उहाँले सुनाउनुभयो ।