भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संघीयता थाती राखेर संविधान जारी गर्न नसकिने बताएका छन् ।
शनिबार धनुषाको घोडघाँस गाविसमा दूधमती र जल्लाद पूलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै निधिले विवादित विषयमा सहमति खोजेर संघीयता सहितको संविधान ल्याइनुपर्ने बताएका हुन् ।
‘राज्य शक्तिको बाँडफाँडका आधारमा संघीयता बनाइनुपर्छ । प्रादेशिक संख्यामा विवाद नगरी सम्झौताका आधारमा माघ ८ मै संविधान जारी गरौं’, निधीले भने, ‘संघीयताविनाको संविधानले देशमा भोलि अस्थिरता मात्र निम्त्याउँछ ।’






