एशिएन कम्युनिटी सेन्टरमा शिव परियार,रामजी र देविकाको सांगीतिक भिडन्त हुँदै

rgnsartist[1]लण्डन । रोयल ग्रिनविच नेपालिज सोसाइटीले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा आउंदो अप्रिल १७ तारिख आइतबार लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।

नयां वर्ष २०७३ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले विविध सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम गर्न लागिएको हो ।

अध्यक्ष कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्रमुख अतिथी सांसद म्याथ्यू पेनीकुक, मेयर नोर्मन एडम्स्, विशेष अतिथी बरो लिडर डेनिस हाइल्याण्ड, करिब ४० जना काउन्सिलर, बीबीसी, ग्रीनवीच टाइम्स् सहित अहिले बेलायतमा रहेका चर्चित गायकहरु शिव परियार र रामजी खांडसंगै गायिका देविका केसीले पनि कार्यक्रममा गाउने पक्का भएको छ । सांझ ६ बजे प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा सुरु हुने कार्यक्रममा नेपाली पत्रकारहरु पनि सहभागी हुनेछन् ।

शिव, रामजी र देविकाले गत मंगलबार मात्रै वीलवीचमा सम्पन्न सनराइज नयां वर्ष कार्यक्रममा दिएको प्रस्तुति साउथ ईस्टबासीहरुले औधि मन पराएका थिए । आयोजक समितिका प्रकाशराज कँडेलले निर्धारित समय एक घण्टा बढाएर मध्यरातसम्म गाइरहंदा समेत खचाखच भरिएको कार्यक्रम हलबाट वान्स मोरको आवाज आउन छोडेको थिएन । रामजी र देविकाले आफना बहुचर्चित गीतहरुसंगै रमाइलो प्रत्यक्ष दोहोरीले सिंगो हललाई नै निकैबेर नचाइदिएका थिए ।

ग्रीनवीच बरोमा रहेका करिब २५ नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।

सोसाइटीले सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय करिब दुई दर्जन कलाकारले नृत्य गर्ने जनाएको छ । टिकट दर ५ पाउण्ड र त्यसमा डिनर समावेश भएकाले करिब ८ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएका छन् ।12744703_1172956566055506_8749595194733258176_n[1]