क्याम्ब्रिशेयरको पिटरबोरो र वरपर बस्ने नेपालीहरूले नेपाली नयॉवर्ष २०७३ लाई भव्यताकासाथ स्वागत गरी मनाएका छन् । करिब दुईसय नेपालीहरूको सहभागिता भएको नयॉवर्ष कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारले लगातार दुई घण्टा नेपाली गीत गायेर सहभागीहरूलाई भरमुर मनोरन्जन दिएका थिए ।
पिटरबोरोको वेस्टउड हलमा पिटरबोरो नेपाली समाजको आयोजना र गोर्खा नेपाली कम्युनिटी पिटरबोरोको सहभागितामा यही अप्रिल ११ मा सम्पन्न नयाँवर्ष कार्यक्रममा गायककार सुमिर ज्ञवालीले गीत र गीतकार नृपेश उप्रेतिले गजल गायेका थिए । स्थानीय कलाकार रहना शर्मा, रोजिना कार्की, सुमी ढकाल,स्नेहा भट्ट,रिया केसी,आर्शिया खरेल,सिजन भूसाल र सोनासा भट्टराईले नृत्य प्रतुस्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममा एनअारएनयुकेका सल्लाहाकार कमल भण्डारी, सर्जनशील लेस्टर समाजका दयानिधी सापकोटा, शान्ति नेपाली समाज वेलायतका
काशी राज शर्मा र पिटरबोरो सिटी काउन्सीलर गुल नवाजले नयॉवर्षको शुककामना व्यक्त गरेका थिए ।
पिटरबोरो नेपाली समाजका महासचिव पवन शर्माले संचालन गरेको पहिले चरणको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष रामबाबु कोइरलाले र गोर्खा नेपाली कम्युनिटीका दल बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए।
दोस्रो चरणको सास्कृतिक कार्यक्रम गीतकार नृपेश उप्रेतिले संचालन गरेका थिए । साँझ पाचबजेदेखि राति एघारबजेसम्म रहेको नयॉवर्षको शुभकामना पार्टीमा नेपाली खानपिनका साथ शिव परियारको गायनमा सहभागिहरू नाचगान गरी रमाएका थिए।![13001053_10208936165551692_4169677312718719748_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/13001053_10208936165551692_4169677312718719748_n1.jpg)
कार्यक्रमको अन्त्यमा अध्यक्ष केशब भण्डारीले सबैलाई धन्यवाद दिदै समाजको तर्फबाट नयॉवर्ष २०७३ को शुभकामना दिएका थिए ।







