जोशी प्रकरणमा काँग्रेस कठोर : संसद र सडकमार्फत आन्दोलन गर्ने

sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाईबाट अस्वीकृत भएको विषय गलत भन्दै सशक्त ढंगले जनतामाझ लैजाने भएको छ ।

यसका लागि उसले सडक र ससंदलाई प्रयोग गर्ने जनाएको छ । ‘सडक र संसदबाट हामी यो मुद्दा उठाउछौं, जनमतमार्फत यसको टुङ्गो लगाउनुपर्छ ।’ काँग्रेस नेता बालकृष्ण खाडले बताए ।

गत शुक्रबार बसेको संसदीय सनुवाई समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीको नाम दुई तिहाइले अस्वीकृत गरेको थियो ।

जोशीलाई समितिले अस्वीकृत गरेको विषयलाई काँग्रेसले राजनीतिक पूर्वाग्रह भनेको छ । साथै उसले सुनुवाई समितिले प्रस्तावित नाम अस्वीकृत गर्नसक्ने संवैधानिक व्यवस्था भएपनि अस्वीकृत गर्दा प्रयाप्त आधार र प्रमाणको अध्ययन नगरी राजनीतिक हिसावले प्रेरित भएर अस्वीकार गरेको काँग्रेसको दाबी छ ।

जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकृत गर्नुपर्ने काँग्रेसको अडान रहदै आएको थियो । तर, समिति दुई तिहाइ मतले जोशीको नाम अस्वीकृत गरेपछि गत शुक्रबार बसेको संसदीय दलको बैठक र शनिबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सडक र सदन हुदै आवश्यक परे अन्तराष्ट्रियकरण समेत गर्न पछि नपर्ने जनाएको हो ।

‘यो मुद्दा जनतामा लैजानुको विकल्प देखिएन र जनतामा गइसकेपछि राष्ट्रिय हुदै अन्तराष्ट्रिय हुन्छ तर, अहिले नै अन्तराष्ट्रियकरण गरिहाल्ने होइन’ काँग्रेस सांसद तथा नेता दिलेन्द्र प्रसाद बडूले रातोपाटीसँग भने,‘ रिजेक्ट गर्दा प्रमाणित आधार देखाउनुपर्छ त्यो आधार नदेखिएपछि गलत मनसायले निर्णय गरियो भन्ने हो ।’

काँग्रेसले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने प्रयासस्वरुप जोशी प्रकरणमा प्रमाणहरुको अध्ययन नै नगरेको काङग्रेसले जनाएको छ । ‘आज संसद बैठक बस्दैछ । बैठकमा पनि हामी कुरा उठाउछौं, सडक त छँदैछ । ‘ यो विषय जोशीसँगमात्रै जोडिएको होइन, लोकतन्त्रमाथिको खतरा पनि हो । साथै न्यायापालिकालाई अंकुश लगाउने काम पनि हो’ नेता बडूले भने ।

नेता बडूले सत्तापक्षले लगातार संसदीय प्रणाली, नेपालको संविधान र न्यायलयमाथि लगातार आक्रमण गरेकाले त्यसबाट जोगाउन प्रतिपक्षको हैसियतले जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए ।